ओखलढुंगाका दुई स्थानमा यात्रु सहायता कक्ष
ओखलढुंगा । दशै, तिहार जस्ता चाडपर्व नजिकिएसँगै ओखलढुंगाका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
जिल्ला सदरमुकामको रमाईलोडाँडा र मानेभज्याङ गाउँपालिकाको हर्कपुरमा नागरिकको सहायताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी पोष्टको संयुक्त आयोजनामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
यात्रुहरूलाई सुरक्षित गन्तव्यतर्फ पुग्ने वातावरण सिर्जना गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको ओखलढुंगा ट्राफिक प्रहरी ईन्चार्ज पदम प्रसाद भटट्राईले बताए । १८ घन्टा निरन्तर यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिने भट्टराईको भनाई छ ।
यात्रुहरू पुग्ने स्थान, सवारी साधनको अवस्था, भाडादर र समस्यामा परेका यात्रुलाई सहयोग गरी गन्तव्यसम्म पु¥याउन सहायता कक्षाले सहयोग गर्नेछ। सवारी चालकहरुले ट्राफिक नियम बिपरित सवारीसाधन सञ्चालन गरको तथा यात्रुलाई दुख दिएमा समेत यात्रु सहायता कक्षामा जानकारी दिन सक्ने प्रहरीले जनाएको छ ।
सबैको सुरक्षित यात्राका लागि यातायात व्यवसायीहरुले पनि प्रहरीसंगको समन्वयमा सवारीसाधन सञ्चालन गर्नेछन् । चाडबाडमा सवारीसाधन र यात्रुको भिड हुने हुँदा दुवै पक्षको व्यवस्थापन गरिने प्रहरीले बताएको छ। जिल्ला प्रहरी र ट्राफिक प्रहरीले सवारीसाधनका चालक र सहचालकलाई जिम्मेवार बनाउन चाडपर्वमा बिशेष सवारी योजना समेत सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण