नेकपाको चियापानमा एक लाख कार्ड बाँडिने
आइतबार, १२ असोज २०७६, १५ : ४३
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने भएको छ । पार्टीले यही असोज २९ गते दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पार्टीका कार्यकर्ता, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, संवैधानिक निकायका र उच्चपदस्थ कर्मचारीलाई निम्तो दिँदैछ ।
चियापानमा निम्ताका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर भएको निम्ताकार्ड बाँडिने नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । गत वर्ष पनि नेकपाले सोही ठाउँमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ७३औँ कानुन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
महिला टी–२० विश्वकपको छनोट खेलमा नेपाल आज हङ्कङसँग भिड्दै
-
सर्वोच्चको फैसला चित्त नबुझे के गर्ने ? कति छन् यस्ता मुद्दा ?
-
भारत-पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले के भन्यो ?
-
पाकिस्तान सुपर लिग अब युएईमा
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य