एक बिगाह क्षेत्रफलमा लगाएको गाँजा नष्ट
आइतबार, १२ असोज २०७६, १६ : ५२
सिरहा– ईलाका प्रहरी कार्यालय गोलबजारले करिब एक विगाहा क्षेत्रफलमा लगाइएको गाँजा उखेलेर नष्ट गरेको छ । सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले विशेष सुराकीको आधारमा सिरहा गोलबजार नगरपालिका–७ कदिमाटोलमा लागाइएको पाँच हजार गाँजाका विरुवा नष्ट गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजा लगाउने वेलैमा उखेल्ने अभियान अन्तर्गत सानै हुँदा उखेलेको ईलाका प्रमुख इन्सपेक्टर जनक पुरीले बताए । नेपालमा एक किलो गाँजाको १ देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हनेगरेको बताइन्छ । भारतीय बजारमा भने २० हजार प्रतिकिलो रुपैयाँमा बिक्री हुने गरेको छ ।
नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयलाई अग्रिम रकम दिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण