सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सागका लागि टेबलटेनिस खेलाडी छनोट

आइतबार, १२ असोज २०७६, १९ : ३२
आइतबार, १२ असोज २०७६

काठमाडौं– नेपालमा हुने १३ औं दक्षिण एसियाली  खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडीको अन्तिम छनोट पूरा भएको छ ।

पुरुष÷महिला दुवैमा समान ५–५ खेलाडी छनोट भएको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ । सागका लागि छनोट हुनेमा पुरुषमा विनेश खनियाँ, पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे, सम्योग कपाली र सुनील महर्जन छन् ।

महिलामा नविता श्रेष्ठ, रविना महर्जन, दक्षिा तामाङ, एलिना महर्जन र एपीएफकी सिका सुवाल छन् । पुरुषतर्फ नेपालका नम्बर एक खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेर घाइते भएका कारण अन्तिम छनोटमा सहभागी भएनन् ।

यदी ‘फिट’ भएमा श्यान्टुले शीर्ष ५ मा छनोट भएका खेलाडी सुनीलसँग पुनः छनोट खेल खेल्ने अवसर पाउने पनि संघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप