बर्दिवासमा बजार अनुगमन सुरु गरियो
बर्दिवास– बडादशैंलाई लक्षित गरी बर्दिवास नगरपालिकाले आइतबारदेखी बजार अनुगमन शुरु गरेको छ । सो क्रममा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं उपमेयर कृष्णमाया गौतमले अनुगमनका क्रममा अखाद्य र म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको दाबी गरिन् ।
उनले बजारका अधिकांश पसलहरुमा म्याद नाघेको सामान भेटिएकाले त्यस्ता अखाद्य पदार्थ नष्ट गरिने समेत बताइन् । उनले मिति नभएको अखाद्यवस्तु बिक्री वितरण नगर्न र पेटीमा राखेको सामान हटाउन कडा निर्देशन दिएकी छिन् । पसलहरुमा मूल्यसूची समेत नराखेको पाइएपछि तत्काल राख्न उनले कडा निर्देशन दिएकी छिन् ।
अनुगमनमा उपमेयर गौतम, खाद्य तथा गुण नियन्त्रण कार्यालय महोत्तरीका प्रमुख नविन देउजा, उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्णप्रसाद गौतम, राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीका अध्यक्ष दिपेन्द्र पराजुली लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण