बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपति मन्दिरको टुँडालबाट पानी चुहियो

सोमबार, १३ असोज २०७६, ०७ : २७
सोमबार, १३ असोज २०७६

पशुपतिनाथ मन्दिरको पूर्वतिरको एउटा टुँडालबाट पानी चुहिएको छ । भुइँचालोले बाहिरी स्वरुप केही नभए पनि भित्र के भएको छ भनेर अध्ययन भएको छैन ।

पानी चुहिन थालेपछि जीर्ण भएको हुन सक्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।

मन्दिरभित्र पुजारीहरुबाहेक अरु छिर्न नपाउने परम्परा रहेकोले यसको अवस्था अध्ययन गर्न समस्या भएको विकास कोष सांस्कृतिक महाशाखा प्रमुख प्रेमहरी ढुंगाना बताउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप