जनताको मन जितेर नै संविधान परिमार्जन गर्न सकिन्छ: पूर्वसभामुख नेम्वाङ
काठमाडौं– पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए । आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला संशोधन गर्न सकिने बताए । वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो । ठूलो प्रयास र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेम्वाङले बताए ।
जिल्लामा विद्युत् र यातायातको सुविधा पु¥याउन आफू प्रयत्नशील रहेको उनले बताए । विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन’, उनले भने, ‘अहिले कति विकास भएको छ आफैं देख्न सकिन्छ ।’ जिल्लका सबै घरमा विद्युत् पु¥याउन आफू प्रयत्नरत रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण