दसैंका लागि खसी–बोकाको बिक्री वितरण सुरु, प्रतिकेजी ५५० रुपैयाँ मूल्य निर्धारण (भिडियोसहित)
काठमाडौँ– सरकारले दसैं, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको पनि बिक्रीवितरण सुरु गरेको छ ।
सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसरभित्र सोमबारबाट दसैंसहितका चाडपर्वका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको बिक्रीवितरण सुरु गरेको हो ।
खसी,बोकाको प्रतिकेजी रु ५५० र च्याङग्राको प्रतिकेजी रु ७३० रुपैयाँ मूल्यमा बिक्री वितरण सुरु गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
हाल बजारमा जीउँदो खसी बोकाको मासु प्रतिकेजी रु ६२० रुपैयाँसम्म बिक्री हुने गरेको छ । त्यसलाई घटाएर प्रतिकेजी ५५० मूल्य कायम गरिएको विभागले जनाएको छ ।
विभागले सरकारले सुपथ मूल्यमा बिक्री वितरण गरेको खसी, बोका र च्याङग्राको मासु गुणस्तरीय रहेको पनि दावी गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले हाल मुस्ताङबाट ल्याइएको ५ सय वटा च्याङग्रा र बीरगञ्जबाट ल्याइएको ३८० वटा खसी, बोका दशैंको लागि बिक्रीमा राखेको छ ।
२ हजार वटा च्याङग्रा र १ हजार खसी, बोका यस वर्षको दसैं, तिहार र छठ पर्वमा बिक्री वितरण गर्ने सरकारको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण