बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दसैंका लागि खसी–बोकाको बिक्री वितरण सुरु, प्रतिकेजी ५५० रुपैयाँ मूल्य निर्धारण (भिडियोसहित)

सोमबार, १३ असोज २०७६, १५ : २५
सोमबार, १३ असोज २०७६

काठमाडौँ– सरकारले दसैं, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको पनि बिक्रीवितरण सुरु गरेको छ ।

सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसरभित्र सोमबारबाट दसैंसहितका चाडपर्वका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको बिक्रीवितरण सुरु गरेको हो । 

खसी,बोकाको प्रतिकेजी रु ५५० र च्याङग्राको प्रतिकेजी रु ७३० रुपैयाँ मूल्यमा बिक्री वितरण सुरु गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । 

हाल बजारमा जीउँदो खसी बोकाको मासु प्रतिकेजी रु ६२० रुपैयाँसम्म बिक्री हुने गरेको छ । त्यसलाई घटाएर प्रतिकेजी ५५० मूल्य कायम गरिएको विभागले जनाएको छ । 

विभागले सरकारले सुपथ मूल्यमा बिक्री वितरण गरेको खसी, बोका र च्याङग्राको मासु गुणस्तरीय रहेको पनि दावी गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले हाल मुस्ताङबाट ल्याइएको ५ सय वटा च्याङग्रा र बीरगञ्जबाट ल्याइएको ३८० वटा खसी, बोका दशैंको लागि बिक्रीमा राखेको छ । 

२ हजार वटा च्याङग्रा र १ हजार खसी, बोका यस वर्षको दसैं, तिहार र छठ पर्वमा बिक्री वितरण गर्ने सरकारको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप