एक हजार बढीको उपहार लिन नपाइने
मङ्गलबार, १४ असोज २०७६, ०७ : ११
मकवानपुरगढी र महनहरी गाउँपालिकाले एक हजारभन्दा बढीको उपहारमा रोक लगाएको छ । दुवै गाउँपालिकाले गाउँसभाबाट यसबारे ऐन नै पारित गरेको छ ।
ऐनमा ५१ जनाभन्दा बढी जन्ती जान र दाइजो लिनदिन नपाइने व्यवस्था गरिएको छ । ऐनलाई पालिका बासीन्दाहरुले सकारात्मक ढंगले लिएका छन् ।
स्थानीयको सामाजिक व्यवहारमा सुधार ल्याएर फजुल खर्च र अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्ने उद्देश्यले सामाजिक सुधार ऐन ल्याएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले बताए ।
घूसखोरी र भ्रष्टाचार गर्ने प्रवृत्तिलाई न्यूनीकरण गर्न पनि सामाजिक सुधार ऐनको अनिवार्य आवश्यकता रहेको महसुस गरिएकोकाले ऐन निर्माण गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी