महरा केसमा गम्भीर छानविन हुनुपर्छ: कोइराला
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीमाथि ‘रेप’ गरेको गम्भीर आरोप लागेको उल्लेख गर्दै त्यसको निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेका छन् ।
महामन्त्री कोइरालाले सभामुख महराले संसद सचिवालयकै कर्मचारीमाथि ‘रेप’ गरेको भन्ने आरोप गम्भिर मुद्धा भएको भन्दै त्यसको निष्पक्ष छानविन गरेर आवश्यक निर्णय लिनुपर्ने बताएका हुन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘हुनत यो आरोप आरोप मात्रै होला, तर त्यसमाथि छानविन भएर तत्काल निर्णय लिनुपर्ने’ पनि स्पष्ट पारे । सभामुख महरामाथि सोमबार साँझ संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दूव्र्यवहार गरेको आरोप लागेको थियो ।
महामन्त्री कोइरालाले रेडियो नेपालका ३ जना पत्रकारलाई सरकारले निष्काशन गरेकोमा आपत्ति जनाउँदै तत्काल पुनर्वहाली गर्न पनि आग्रह गरे । उनले सरकारले पत्रकारहरुमाथि नियन्त्रण हुने गरी कानुन बनाउन खोजेको दावी गर्दै सैह्य नहुने चेतावनी पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण