‘मेडिकल कलेजहरुले पैसा फिर्ता गर्नुपर्ने भए कर पनि फिर्ता हुनुपर्छ’
काठमाडौं– नीजि मेडिकल कलेज सञ्चालकहरुले सरकारसँग भएको सहमति अनुसारनै कलेजहरुले शुल्क लिँदै आएको दाबी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित ‘चिकित्सा शिक्षाको समस्या र ऐन कार्यन्वयनको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मेडिकल एसोसिएसनका सुनिल शर्माले सो कुराको दाबी गरेका हुन् । शर्माले सरकारसँग भएको सहमति अनुसारनै नीजि मेडिकल कलेजहरुले शुल्क लिँदै आइरहेको दाबी गरे । उनले मेडिकल कलेजहरुले पैसा फिर्ता गर्नुपर्ने भए कलेजहरुले तिरेको कर पनि सरकारलाई फिर्ता गर्न आग्रह गरे ।
कार्यक्रममा शिक्षामन्त्री गिरिजामणि पोखरेलले सरकारले तय गरेको भन्दा बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल सञ्चालकहरुलाई आग्रह गरे । मन्त्री पोखरेलले सरकारले नियम लागू गरिसक्दा पनि कार्यन्वयन नगर्दा चिकित्सा शिक्षामा अहिले आन्दोलन चर्की रहेको समेत उनले दाबी गरे ।
अहिले स्वास्थ्य शिक्षालाई आफ्नो ट्रयाकमा ल्याउने काम भइरहेको बताउँदै उनले यो बर्ष सरकारले ९० करोड बजेट चिकित्सा शिक्षाको लागि विनियोजन गरेको पनि बताए ।
गुणस्तरीय शिक्षाको लागि सरकार प्रयत्नशील रहेको धारणा राख्दै उनले विद्यार्थी, चिकित्सक र मेडिकल क्षेत्रबाट आएको गुनासोलाई छलफल पछि सम्बोधन गर्ने आश्वासन समेत दिए ।
कार्यक्रममा नेता नैनसिंह महरले विद्यार्थीलाई पढ्न पाउनु पर्ने अधिकारबाट बञ्चित गराउन नहुने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण