सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार
काठमाडौं । सानिमा बैंक लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ। बैंकले यो अवधिमा खुद नाफा र लाभाश क्षमता दुबैमा ३० प्रतिशत भन्दा धेरैको सुधार गरेर विवरण सार्वजनिक गरेको हो ।
बैंकले असार मसान्तसम्ममा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोतुलनामा करिब ३८ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८२/८३ मा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसरी नाफा कमाउनुमा खुद ब्याज आम्दानी, गैरब्याज आम्दानी र निष्क्रिय कर्जा सुधारको मिश्रित अवस्था देखिएको छ ।
बैंकको खुद ब्याज आम्दानीलाईघ अघिल्लो आर्थिक वर्षको ६ अर्ब ३६ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९९ करोड रुपैयाँ पुर्याएको छ ।
समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिसन बापत १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन अघिल्लो वर्ष १ अर्ब १९ करोड रुपैयाँ थियो। गत वर्ष इम्पेरिमेन्ट चार्जमा १ अर्ब ८८ करोड छुट्याइएकोमा यो वर्ष १ अर्ब ७ करोड मात्रै छुट्याउनुपर्दा समेत तुलनात्मक रुपमा नाफामा उच्च सुधार देखिएको हो ।
समीक्षा अवधिमा बैंकको लाभांश दिने क्षमतामा पनि राम्रो सुधार गरेको छ । नियमनकारी समायोजन पश्चात् गत असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्ष यस्तो नाफा २ अर्ब १० करोड रुपैयाँ मात्र थियो।
बैंकसँग हाल १३ अर्ब ५८ करोड रुपैयाँको चुक्ता पुँजी छ । यो हिसाबले बैंकको प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ पैसा कायम भएको छ, यो अपरिस्कृत विवरणमा साउन १५ गतेसम्म संकलित ब्याज गणना हुने भएकोले यो सामर्थ्य थप बढ्नसक्ने देखिन्छ ।
हाल बैंकले ८.२५ प्रतिशत ब्याजको २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेको छ । योसहित बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ।
बैंकको कुल निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा १ खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको कुल सम्पत्तिको आकार बढेर २ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा २.८७ प्रतिशतमा झरेको छ । गत वर्ष यो ३.०१ प्रतिशत रहेको थियो । बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ १५ पैसा, आधार दर ८.१२ प्रतिशतबाट घटेर ६.१२ प्रतिशतमा झरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण