सुनसरी घटना
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
सोमबार, ११ साउन २०८३, ११ : ५८
सारांश
- सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।
- आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
- भविष्यमा यस्ता घटना हुन नदिन दीर्घकालीन समाधानका उपायहरू खोज्नेबारे बैठकमा छलफल हुनेछ ।
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेपछि मन्त्री गुरुङले साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।
आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको छ । आजको बैठकमा भविष्यमा यस्ता घटना हुन नदिन दीर्घकालीन समाधानका उपायहरू खोज्नेबारे छलफल भएको गृह मन्त्रालयकी सूचना अधिकारी (उपसचिव) रमा आचार्य सुवेदीले जानकारी दिइन् ।
गृह मन्त्रालयले घटना छानबिन गर्न सह सचिवको नेतृत्वमा समिति गठन गरेको छ । उपसचिव सुवेदीका अनुसार छानबिन समिति ५ सदस्यीय हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण