शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुरको सुनाकोठीमा बस दुर्घटना, एक जनाको मृत्यु

बुधबार, १५ असोज २०७६, ०९ : ३८
बुधबार, १५ असोज २०७६

ललितपुरको सुनाकोठीमा बस दुर्घटना भएको छ । लगनखेलबाट लेले चल्ने बा ४ ख ८६५० नम्बरको बस सुनोकाठीमा दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा बाटो काट्ने क्रममा रहेका ७० वर्षिय रुकु कार्कीको घटनास्थलमै मृत्यू भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले  जानकारी दिए । 

घटनास्थलमा महानगरिय प्रहरी वृत्त चापागाउँका डिएसपी रामकृष्ण सापकोटाको टोली पुगिसकेको र घटनास्थलको मुचुल्का तयार पार्ने काम भैरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक कार्कीलाई बसका चालकले व्याक गरेर मारेको प्रहरीको भनाई छ ।

स्थानीयले मृतकको लाशलाई उठाउन दिएका छैनन् । बसका चालक र सहचालक अहिले फरार रहेको प्रहरीको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप