ललितपुरको सुनाकोठीमा बस दुर्घटना, एक जनाको मृत्यु
बुधबार, १५ असोज २०७६, ०९ : ३८
ललितपुरको सुनाकोठीमा बस दुर्घटना भएको छ । लगनखेलबाट लेले चल्ने बा ४ ख ८६५० नम्बरको बस सुनोकाठीमा दुर्घटना भएको हो ।
बस दुर्घटना हुँदा बाटो काट्ने क्रममा रहेका ७० वर्षिय रुकु कार्कीको घटनास्थलमै मृत्यू भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
घटनास्थलमा महानगरिय प्रहरी वृत्त चापागाउँका डिएसपी रामकृष्ण सापकोटाको टोली पुगिसकेको र घटनास्थलको मुचुल्का तयार पार्ने काम भैरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक कार्कीलाई बसका चालकले व्याक गरेर मारेको प्रहरीको भनाई छ ।
स्थानीयले मृतकको लाशलाई उठाउन दिएका छैनन् । बसका चालक र सहचालक अहिले फरार रहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण