हराए २७१६ सीमास्तम्भ, भारत र चीनसँग सीमा विवाद सुल्झाउन बनाइएका संयन्त्र अलपत्र
सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) विस्तार गरिँदै आए पनि सीमा स्तम्भ हराउने क्रम रोकिएको छैन ।
गृहमन्त्रालयका अनुसार ८ हजार ५ सय ५३ वटा सीमास्तम्भ हुनुपर्नेमा २ हजार ७ सय १६ स्तम्भ गायब छन् ।
नेपाल–भारत खुला सीमा जोडिएका स्थानमा ४ सय ५७ वटा सीमा स्तम्भ मात्र राम्रो अवस्थामा रहेको गृहले जनाएको छ । १ हजार ५ सय ५६ वटा सीमास्तम्भ धेरै क्षतिग्रस्त र २ हजार ८ सय ९१ सामान्य क्षतिग्रस्त छन् ।
नापी विभागका अनुसार भारतसँग नेपालको एक हजार ८ सय ८० किलोमिटर र चीनसँग भने १ हजार ४ सय १४ किलोमिटर सीमा जोडिएको छ ।
भारततर्फ सीमास्तम्भ ताप्लेजुङबाट सुरु भई दार्चुलामा पुगेर टुंगिन्छ । दार्चुलाको कालापानी र नवलपरासीको सुस्ता विवादका केही भागमा दुई मुलुकबीच सीमा विवाद मिल्न बाँकी छ । त्यसको समाधान गर्न सन् २०१४ मा नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय संयन्त्र गठन गरिएको छ, जसले हालसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण