नेपालको यस्तो ठाउँ जहाँ विदेशी संस्थाको सहयोगमा चल्छ विद्यालय र पढाइ
माथिल्लो डोल्पामा तीनवटा गाउँपालिका छन्। तीनै स्थानीय तहको एक मात्र सरकारी मावि हो, तापरिचा। शे फोक्सुन्डो गाउँपालिकाको यो स्कुल स्विस र अमेरिकी संस्थाको सहयोगमा चलिरहेको छ। ती संस्थाले वार्षिक ७० लाख रुपैयाँ खर्च गरिरहेको डोल्पा सामाजिक सहयोगका लागि तापरिचाका प्रोजेक्ट कोअर्डिनेटर सेम्दुक लामा बताउँछन्। यही संस्थामार्फत तापरिचा स्कुलमा विदेशीले लगानी गरिरहेका छन्।
यहाँ सरकारी दरबन्दीका १० शिक्षक छन्। पाँच जना निजी स्रोतका छन्। विदेशीले दिएको पैसाबाट शिक्षक र विद्यार्थीलाई आवासीय सुविधा मिलाइएको छ। विद्यालय भवन निर्माणदेखि विद्यार्थीको पौष्टिक आहार, पोसाक, स्टेसनरी, साबुन, टुथब्रस, औषधि सबै खर्चको प्रबन्ध गरिएको लामा सुनाउँछन्।
माथिल्लो डोल्पाका अधिकांश सरकारी विद्यालयमा कुनै न कुनै रूपमा विदेशीले सहयोग गरिरहेका छन्। पर्यटकले यो क्षेत्रमा शिक्षाको अभाव देखेपछि विद्यालय खोल्न स्थानीयलाई हौस्याएका थिए। क्रिस्टल पनि २५ वर्षअघि विदेशीकै सहयोगमा खुलेको थियो।
सरकारी दरबन्दीका पाँच तथा विदेशीले दिएको पैसाबाट सात शिक्षक राखेर यो स्कुलको पढाइ चलिरहेको छ। काठमाडौंमा रहेका विद्यार्थीको होस्टल र पढाइ शुल्क पनि विदेशीले भिजन डोल्पामार्फत तिरिरहेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण