अवैध मदिराको भूमिगत ट्याङ्कीमा निस्सासिएर ५ जनाको मृत्यु (अपडेट)
जनकपुर– अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने क्रममा गोप्यरुपमा बनाइएको भूमिगत टयाङ्कीमा परेर एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको छ। बाराको फेटा गाँउपालिका वडा नम्बर ४ बतरा गाउँ बस्ने जोगा मुखिया बिनको घरमा बनाइएको भूमिगत ट्याङकीभित्र घरधनी मुखियासहित ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ४० वर्षीय जोगा मुखिया बिन, उनको श्रीमती ३७ वर्षीया लालमुनि देवी, छोरी १० वर्षीया सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन र मदिरा भट्टीमा काम गर्ने भारतको बहुकठवाका ५५ वर्षीय गुलाबचन्द मुसहर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घरेलु मदिरा उत्पादनका लागि घरभित्र बनाइएको भूमिगत टयाङ्कीमा बुधबार बेलुकी अन्दाजी साढे ७ बजे गुलाब चन्द भित्र पसेका थिए । ट्याङ्कीभित्र पसेका गुलाब केहीबेरसम्म पनि टयाङ्कीबाट ननिस्केपछि उनलाई हेर्न टयाङ्कीभित्र पालैपालो अरु पसेका थिए । सोही क्रममा घरमुली जोगालगायत अन्य ४ जनाको पनि मृत्यु भएको प्रहरी उपरीक्षक विकासराज खनालले जनाए ।
बितेको भदौ २३ गते प्रहरीले उनको घरमा छापा मारेर छतमा बनाइएको रक्सी उत्पादन गर्ने भट्टी र भाँडाकुडा नष्ट गरेको थियो। त्यसको केही दिन नबित्दै मुखियाले चाडबाडको समयको अवसरको मौका छोपी घरभितत्रै सिमेन्टको भूमिगत टयाङ्की बनाएर पुनः घरेलु रक्सी उत्पादन गर्दै आएका थिए।
अहिले मृतकहरुको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए । उनका अनुसार भुमिगत रुपमा ५ फिट गहिरो पक्की घर (ट्याङ्की) निर्माण गरी उनले मदिरा उत्पादन गर्न थालेका थिए ।
घरभित्र चारैतिरबाट पर्खाल लगाएर टयाङ्कीभित्र मदिरा बनाउनका लागि कुहिएका विषाक्त सामाग्रीहरु त्यहाँ हाल्ने गरिन्थ्यो । सबैजनाको मदिरा उत्पादन गर्दा बन्ने ग्यासका कारण निसासिएर मृत्यु भएको अनुमान गरिएको छ । तर मृत्युको यकिन कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरी उपरीक्षक खनालले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
-
बलिउड अभिनेता बेदीले गरे पशुपतिनाथको दर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण