सामाखुशी र कलङ्कीबाट पाँच पक्राउ
बिहीबार, १६ असोज २०७६, २० : ००
काठमाडौं - नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध मेथ एम्फेटामाइनसहित पोखराका भुवन अधिकारी, पर्साका हाफिज नसिम अख्तर तेली, तनहुँका रजिया खातुम, पर्साका महमद शहीद अख्तर र भारतका जोसाङ लियानालाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले लागुऔषध बेचबिखन गर्न लागेको अवस्थामा अधिकारी र तेलीलाई सामाखुशी र खातुम, अख्तर र लियानालाई कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिए । “पक्राउ परेका पाँचैजना एकै समूहको भएको अनुसन्धानमा खुलेको छ”, उनले भने ।
पक्राउ परेकासँग प्रहरीले एक किलोग्राम ४५० ग्राम मेथ एम्फेटामाइन तथा १०० ग्राम खात जस्तो देखिने लागुऔषध बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण