उपनिर्वाचनमा जुट्न कार्यकर्तालाई खगराज अधिकारीको निर्देशन
पोखरा – प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिरमा हुने उपनिर्वाचनमा परिणाम प्राप्त गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएको छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पोखरा १७ द्वारा आज आयोजित विजयादशमीको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि तीनवटै सरकार क्रियाशील रहेको बताए ।
नेकपा गण्डकी प्रदेश सहइञ्चार्जसमेत रहेका अधिकारीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्न सङ्गठित भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।
नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङले जनप्रतिनिधि जनभावनाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै त्यसले मुलुकसँगै पार्टीलाई समेत बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कास्की निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा स्थानीय पार्टी कार्यकर्ता र जनभावनाअनुसार उम्मेदवारको सिफारिस गर्ने जानकारी दिए ।
नेकपा–१७ का अध्यक्ष सुभाष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष तीर्थ अधिकारी, पार्टी सचिव ईश्वरी लम्साल र सदस्य लालबहादुर रानालगायतले चार्डपर्वले संस्कृतिको संरक्षण गर्दै आपसी सदभाव कायम गर्न सहयोगी बन्ने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण