जीप र स्कुटर ठोकिँदा दुईको मृत्यु
शनिबार, १८ असोज २०७६, ११ : ५४
पोखरा – पोखरामा शनिबार बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए ।
तालचोकबाट विजयपुर आउँदै गरेको ग२च ९९५० नम्बरको बोलेरो जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग१५प ४३८० नंको स्कुटर ठोकिएका थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनालगत्तै जीप र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण