भोलिदेखि प्रहरीले उपत्यकामा तीन दिन निःशुल्क बस सञ्चालन गर्ने (रुटसहित)
काठमाडौं– नेपाल प्रहरीले बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा आइतबारदेखि तीन दिनसम्म निःशुल्क रुपमा बस संचालन गर्ने भएको छ ।
दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा दिने उद्देश्यका साथ प्रहरीले निशुल्क बस सञ्चालन गर्न लागेको हो ।
निःशुल्क बस महाअष्ठमी, महानवमी र विजयादशमीको दिन सञ्चालन गरिने प्रहरीले जनाएको छ ।
जसका लागि प्रहरीले दुई वटा रुट तय गरेको छ । पहिलो रुटमा नक्सालबाट पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, रत्नपार्क, दरबारमार्ग, जयनेपाल हुँदै पुनः नक्सालसम्म चल्नेछ । जुन रुटमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म बस चल्नेछ ।
यस्तै दोस्रो रुटको रुपमा नक्सालबाट सुरु भइ मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै नक्सालसम्म चल्नेछ । यो रुटमा पनि बिहान ११ बजेदेखि ४ बजेसम्म निःशुल्क बस चल्नेछ । यस्तै नेपाली सेना र सशस्त्र प्रहरीले पनि दशैंको अवसरमा निःशुल्क बस सञ्चालन गर्ने यसअघि नै घोषणा गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण