मनकामना केबलकार तीन दिन बन्द
प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि तीन दिनसम्मका लागि बन्द गरिएकोे छ ।
नेपालीको महान् पर्व बडादशैँको समयमा हरेक वर्ष तीनदिन बन्द गर्दै आइरहेको मनकामना केबलकार सेवा आजदेखि २२ गतेसम्मका लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिए । असोज २३ गते बिहिबारबाट केबलकार सेवा नियमित सञ्चालनमा आउने पनि उनले बताए ।
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार चेरेसमा मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेशन) रहेको छ । उक्त केबलकार स्टेशनमा मनकामना दर्शनका लागि जानेहरुको प्रायःसधैँ भीड नै लाग्ने गर्दछ ।
दर्शनार्थीको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको यो कम्पनीको केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका बोक्ने गरेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा दर्शन र पूजाका लागि प्रत्येक दिन औषतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण