लागुऔषध कारोवार मुद्दाका फरार अभियुक्त पक्राउ
मङ्गलबार, २१ असोज २०७६, १९ : ५५
लागुऔषध (चरेश) कारोवार मुद्दामा फरार रहेका पनौती नगरपालिका–९ का २३ वर्षीय राजीव थापालाई आज प्रहरीले पक्राउ गरेको छ ।
थापा दशैँमा टीका लगाउन घर आउने क्रममा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार फरार रहेका थापा पर्सा जिल्ला अदालतबाट तीन वर्ष कैद र रु दुई लाख जरिवाना सुनाइएका व्यक्ति हुन् ।
“जिल्ला अदालत पर्साले कैद फैसला सुनाएका राजीव थापा दशैँमा टीका लगाउन पनौती घर आएका बेला पक्राउ परेका हुन्”, प्रहरी प्रमुख सापकोटाले भन्नुभयो, “पक्राउ परेका थापालाई दशैँ बिदा सकिएलगत्तै जिल्ला अदालतमा बुझाउँछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण