चिनियाँ राष्ट्रपति सीको राजनीतिक भेटघाट : पहिलो भेट देउवासँग
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनपिङले राजनीतिक दलका नेताहरुसँगको भेटवार्तालाई महत्व दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रपति सीले एक्लाएक्लै भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति सीले राजनीतिक भेटघाट प्रमुख प्रतिपक्षी दलका नेता तथा सभापति देउवाबाट सुरु गर्नेे देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा र राष्ट्रपति सीबीच काठमाडौँको सोल्टी होटलमा साँझ ७ः१५ बजे भेट्ने कार्यक्रम रहेको बताइएको छ । उनीहरु दुई जनाबीच १५ मिनेट भेटघाट हुनेछ ।
त्यस्तै, आइतबार साढे १० बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति सीबीच भेटघाट हुने प्रचण्डको नीजि सचिवालयले जनाएको छ । राष्ट्रपति सी र प्रचण्डबीचको भेटमा पार्टीबीच हुने सहकार्य र दुई देशबीचको आपसी हितका बारेमा छलफल हुने बताइएको छ ।
यस्तै समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भने रात्री भोजको निमन्त्रणा दिइएको छ । राष्ट्रपति सीसँग यादवको रात्रीभोजमै सामान्य भेटघाट हुने पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापाले बताए ।
यता राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई पनि रात्रीभोजका लागि निमन्त्रणा गरिएको छ । राजपा नेपालबाट अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव शनिबार साँझ सोल्टी होटलमा हुने भोजमा भने सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण