चिनियाँ राष्ट्रपति सीको राजनीतिक भेटघाट : पहिलो भेट देउवासँग

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनपिङले राजनीतिक दलका नेताहरुसँगको भेटवार्तालाई महत्व दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रपति सीले एक्लाएक्लै भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति सीले राजनीतिक भेटघाट प्रमुख प्रतिपक्षी दलका नेता तथा सभापति देउवाबाट सुरु गर्नेे देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा र राष्ट्रपति सीबीच काठमाडौँको सोल्टी होटलमा साँझ ७ः१५ बजे भेट्ने कार्यक्रम रहेको बताइएको छ । उनीहरु दुई जनाबीच १५ मिनेट भेटघाट हुनेछ ।
त्यस्तै, आइतबार साढे १० बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति सीबीच भेटघाट हुने प्रचण्डको नीजि सचिवालयले जनाएको छ । राष्ट्रपति सी र प्रचण्डबीचको भेटमा पार्टीबीच हुने सहकार्य र दुई देशबीचको आपसी हितका बारेमा छलफल हुने बताइएको छ ।
यस्तै समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भने रात्री भोजको निमन्त्रणा दिइएको छ । राष्ट्रपति सीसँग यादवको रात्रीभोजमै सामान्य भेटघाट हुने पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापाले बताए ।
यता राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई पनि रात्रीभोजका लागि निमन्त्रणा गरिएको छ । राजपा नेपालबाट अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव शनिबार साँझ सोल्टी होटलमा हुने भोजमा भने सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयदेखि नगरअस्पताललाई मन्त्रालयले भन्यो - स्वदेशी कपडा प्रयोग गर्नु
-
थाइल्यान्डका असादालाई हराउँदै नेपालका मिलन च्याम्पियन
-
विद्यालय कर्मचारीले हातमा कालोपट्टि बाँधेर काम गरे
-
बैंकर र व्यवसायी छुट्याउन आवश्यक : डा. स्वर्णिम वाग्ले
-
प्रधानमन्त्री र नेपालका लागि जापानी राजदूतबिच शिष्टाचार भेट
-
गोल्डकोस्ट ओपन तेक्वान्दोमा नेपालका अदिशले जिते स्वर्ण