नवलपरासीमा नहरमा भेटियो पुरुषको शव, हत्याको आशंका
मङ्गलबार, २८ असोज २०७६, १६ : १८
बुटवल– पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नहरमा एक पुरुष मृतवस्थामा फेला परेका छन् । अन्दाजी ३०/३५ वर्षका देखिने पुरुषको शव नहरमा भेटिएको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म परिचय खुल्न सकेको छैन । मृतअवस्थामा भेटिएका पुरुषको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ ।
नहरछेउको सडकमा एउटा भारतीय मोटरसाइकल र उनले प्रयोग गरेको मोबाइल समेत बरामद भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक लालमणि आचार्यले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत झिकाइएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल विवादबारे उच्चस्तरीय आयोगले बुझाएको प्रतिवेदनमा के छ ?
-
विभिन्न अफरसहितको यामाहाको महाएक्सचेन्ज मेला सुरु
-
एनआईसी एशियाद्वारा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन हस्तान्तरण
-
इजरायलद्वारा अल जजिरा च्यानलमाथि प्रतिबन्ध
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमण : दुई पक्षीय सम्बन्ध प्रगाढ बनाउन केन्द्रित
-
रिङरोडमा ‘सारी राइडर’ !