नवलपरासीमा नहरमा भेटियो पुरुषको शव, हत्याको आशंका
मङ्गलबार, २८ असोज २०७६, १६ : १८
बुटवल– पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नहरमा एक पुरुष मृतवस्थामा फेला परेका छन् । अन्दाजी ३०/३५ वर्षका देखिने पुरुषको शव नहरमा भेटिएको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म परिचय खुल्न सकेको छैन । मृतअवस्थामा भेटिएका पुरुषको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ ।
नहरछेउको सडकमा एउटा भारतीय मोटरसाइकल र उनले प्रयोग गरेको मोबाइल समेत बरामद भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक लालमणि आचार्यले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत झिकाइएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण