एनआरएनलाई नेपाली नागरिकले पाए जतिको अधिकारसहितको नागरिकता : सुवास नेम्वाङ
काठमाडौं– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीका लागि नेपाली नागरिकले पाउने बराबरको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सहितको गैरआवासीय नागरिकता दिइने बताएका छन् ।
काठमाडौंमा जारी गैरआवासीय नेपाली संघको नवौं अधिवेशन अन्तर्गत गैरआवासीय नेपालीको कानुनी अधिकार र जिम्मेवारी विषयक कार्यक्रममा बोल्दै उनले संविधानले दिएको अधिकारका आधारमा यस्तो व्यवस्था गर्न लागिएको बताएका हुन् । उनले नागरिकता ऐनको मस्यौंदा संसदको राज्यव्यवस्था समितिमा रहेको बताउँदै उनले एनआरएनले उठाएको सवाललाई पनि नागरिकता विधेयकमा राखिएको बताए ।
उनले भने, ‘राज्यव्यवस्था समितिमा रहेको नागरिकता विधेयक अहिले टुङ्गिएको छैन । एनआरएनले उठाएको सवाललाई पनि नागरिकता विधेयकमा राखिएको छ । एनआरएनले उठाएको विषय हामीले पनि उठाएको विषय हो । सांसदहरुले संशोधन राखेर एनआरएनले उठाएका विषयलाई संसोधन गरेर समावेश गरेका छन् ।
उनले सुरुको अवस्थामा एनआरएनका लागि परिचयपत्रका लागि धेरै छलफल गरको बताउँदै यसबारे पहिला धेरै द्धिविधाहरु रहेको उल्लेख गरे । उनले भने, ‘परिचयपत्रदेखि अहिले नागरिकता दिने विषयसम्म आएका छौँ । एनआरएनलाई किन नागरिकता नदिने भन्ने विषयमा छलफल गरयौं । संविधानबाट एनआरएनका लागि नागरिकताको विषय टुङगो लगायौँ । त्यतिबेला यसबारे धेरै विवाद भएको थियो । अब यो उपलब्धीलाई अनुभूत हुनेगरी व्यवहारमा कार्यान्वन गर्न आवश्यक छ ।
उनले अब गैरआवासीय नेपालीहरुले नेपाली नागरिकले जति आर्थिक सामाजिक सांस्कृतिक अधिकार पाउँछन् त्यसमा तोला पनि फरक नपर्ने गरी गैरआवासीय नागरिकता पाउने व्यवस्था हुने बताए । अहिले कायम मस्यौंदामा भएको यो अधिकारलाई तलमाथि नगरी पारित गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण