चिनियाँ राष्ट्रपति सीको भ्रमणले सम्बन्ध नयाँ उचाईमा: मुख्यमन्त्री पोख्रेल
बुटवल– मुख्यमन्त्री शंकर पोखरेलले चिनियाँ राष्ट्रपति सी जिनपिङको हालै सम्पन्न भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन् । उनले राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढंगले अघि बढ्ने बताए । चीनको छेन्दुमा विकास र सहकार्यका लागि विआरआई सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले नेपाल र चीनबीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसी हित र सहकार्यमा फाइदा पुगेको र आगामी दिनमा सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्त गरे । उनले छिमेकको विकासलाई साथसाथै अघि बढाउन चीनले अघि सारेको विआरआईप्रति नेपालले समर्थन गरिसकेको स्मरण गर्दै विकास र सहकार्यका लागि विआरआई महत्वपूर्ण रहेको बताए । सम्मेलनमा सहभागीहरुलाई मुख्यमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्न चाहेको बताउदै बौद्ध दर्शनको उद्भवस्थल लुम्बिनी भ्रमणको लागि अनुरोध समेत गरे ।
सिचुवानप्रान्त र प्रदेश ५ बीचको भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको र यो सम्बन्धले अनुभव आदानप्रदान र धेरै क्षेत्रमा ढोका खोलेको समेत उनको भनाई थियो । सिचुवान र प्रदेश ५ बीच तीन महिनाअघि भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । मन्त्री पोखरेल सोमबार चीन पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण