अमेरिकाद्वारा इरानी जनतामाथि ‘अपराध’ गरेको राष्ट्रपति रौहानीको आरोप
तेहरान-अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएर इरानी नागरिकमाथि ‘अपराध’ गरेको राष्ट्रपति हसन रौहानीले बिहीबार बताएका छन् ।
इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले राष्ट्रपति रौहानीलाई उद्धृत गरी जानकारी गराएको छ, “इरानी जनतालाई खाद्यान्न र औषधीसमेतमा पहुँचमा सङ्कट आउनेगरी नाकावन्दी गर्नु अमेरिकाका लागि ‘लज्जा’ को बिषय बन्नुपर्छ ।
“इरान विरोधी प्रतिबन्ध ‘आर्थिक आतङ्कवाद’ हो,” उनले भने । अमेरिकी दबावले इरानी जनता र राष्ट्रलाई घुँडा टेकाउने कल्पना असम्भव रहेको राष्ट्रपति रौहानीले दावी गरे ।
उनले भने, “अन्यायपूर्ण तथा अनौठो प्रतिबन्धको दबावका बावजुद इरानी वैज्ञानिक, अनुसन्धानकर्ता, उद्योगी तथा उत्पादकहरूले पूर्ण आत्मनिर्भरताको बाटोमा अघि बढाउन अत्यधिक मेहनत गरेका र अहिले उक्त उद्देश्य प्राप्तितिर इरान रहेको छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ अमेरिकासहितका विश्व शक्तिराष्ट्रहरूले इरानसँग गरेको आणविक सम्झौता अमेरिकाको पक्षमा नरहेको भनी गत बर्षको जुलाईदेखि सम्झौताबाट फिर्ता भएको घोषणा गरी इरानविरूद्ध पहिलेभन्दा अझ कडा प्रतिबन्धको घोषणा गरेका थिए ।
सम्झौता तत्कालिन अमेरिकी राष्ट्रपतिको पहलमा भएको थियो भने यसै बिषयलाई ट्रम्पले आफ्नो शसक्त चुनावी एजेण्डा बनाएका थिए।
अमेरिकाको निर्णयलाई अन्य हस्ताक्षरकर्ताले भने गलत भन्दै सम्झौताबाट कुनै हालतमा पनि फिर्ता हुननहुने मत प्रकट गर्दै आएका छन् । अमेरिकाले नयाँ सम्झौता गर्न इरानलाई गरेको आग्रहलाई इरानले अस्वीकार गरेपछि तेहरानको अर्थतन्त्र धाराशायी हुनेगरी इरानको प्रमुख आम्दानीको स्रोत तेल तथा अन्य सामानहरूको निर्यात तथा कारोबारमा प्रतिबन्ध लगाएको छ । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
-
विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण