त्रिविमा २१ अर्ब बेरुजु १० करोड रुपियाँ कहाँ गयो ?
त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो।महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ।
त्रिविले हालसम्म पश्चिम क्षेत्रका सम्पूर्ण क्याम्पस र एकाइ तथा उपत्यका र केन्द्रमा रहेका अधिकांश विभाग, डीन कार्यालय, संकाय, अध्ययन संस्थानको आन्तरिक लेखा परीक्षण गरिसकेको जनाएको छ।
‘उपत्यकाका सबै निकायको नौ महिनाको आलेप सम्पन्न गरी आइतबारबाट पूर्वाञ्चलको आलेपको काम शुरू गरेका छौं’, रजिस्ट्रार दिल्लीराम उप्रेतीले भन्नुभयो– ‘कात्तिक महिनाभित्र सम्पूर्ण निकायको आलेप सम्पन्न गरी कार्यकारी परिषद्मा पेस गर्ने तयारी भइरहेको छ।’
त्रिविले करिब ८५ करोड रुपियाँबराबरको बेरुजु सम्परीक्षण सम्पन्न गरेको छ। करिब ९ करोड रुपियाँबढी खर्च भएकोमा ७ करोड रुपियाँबराबरको आलेप सम्पन्न गरी त्रिवि कार्यकारी परिषद्मा पेस गरेको छ। यो समाचार आजको नेपाल समाचार ईश्वरराज ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण