यी सुपरमोडल हुन् संसारकै सुन्दर महिला
ग्रीक गणितका अनुसार सुपरमोडल बेला हदिद संसारकै सबैभन्दा सुन्दर महिला हुन् । मिडिया रिपोर्टलाई मान्ने हो भने ‘गोल्डेन रेसियो अफ ब्यूटी फि स्ट्यान्डर्ड’ का अनुसार धर्तीको सबैभन्दा सुन्दर महिलाको निर्धारण गर्ने वैज्ञानिकले भिक्टोरियाज सिक्रेट मोडलको अनुहार चयन गरेको छ ।
‘गोल्डेन रेसियो अफ ब्यूटी फी’ ले क्लासिक ग्रीक क्यालकुलेशनलाई आधार बनाएर सुन्दरतालाई परिभाषित गर्छ । यसमा सुन्दर अनुहारको आकार गणना गरिन्छ जसमा ओठ, नाक, चिउँडो र जलाइनको आकार र स्थितीको मूल्यांकन गर्छ ।
‘गोल्डेन रेशियो’ मापदण्ड अनुसार २३ वर्षीया बेलाको अनुहार मापदण्डसँग ९४.३५ प्रतिशतसम्म मिल्छ ।
यस्तै यही मापदण्डका अनुसार पप डिभा बियोन्सेलाई दोस्रो स्थानमा राखिएको छ । उनको अनुहार मापदण्डसँग ९२.४४ प्रतिशतसम्म मेल खान्छ ।
नायिका अम्बर हर्ड ९१.८५ प्रतिशतको अनुपातसहित तेस्रो स्थानमा छिने भने पप स्टार एरियाना ग्रान्डे ९१.८१ प्रतिशतसहित चौथो स्थानमा छिन् ।
यस्तै, ९१.६४ प्रतिशतसहित टेलर स्विफ्ट पाँचौ स्थानमा छिन् ।
यो मापदण्ड लोकप्रिय फेशियल कस्मेटिक सर्जन डा. जुलियन डी सिल्वाद्वारा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
-
अमेरिका–इरान वार्ता आइतबार नै हुनसक्ने
-
दास व्यापारको क्षतिपूर्ति र माफी माग गर्दै अफ्रिकी तथा क्यारिबियन देश
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण