दुई बालिकामाथि यौनशोषण गर्ने शिक्षक पक्राउ
जनकपुर । धनुषाको मिथिला नगरपालिकामा एक निजी विद्यालयका शिक्षकले यौनशोषण गरेको घटना सार्वजनिक भएको छ । घटना सार्वजनिक भएलगत्तै प्रहरीले यौन शोषणमा संलग्न शिक्षकलाई पक्राउ गरेको छ ।
ढल्केबरस्थित ढल्केबर एकेडेमी बोर्डिङ्ग स्कुलमा मिनी बोडर्समा रहेर पढ्दै आएका दुई नाबालिकालाई केही समयदेखि पटक–पटक करणी गर्दै आएका शिक्षक टेकेन्द्र दहाललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दाहाल झापाको मेची नगरपालिका–३ निवासी हुन् ।
पीडित बालिकामध्ये एउटी ७ वर्षीया र अर्की ९ वर्षीया छन् ।
घटना सार्वजनिक भएपछि गत असोज २८ गते शिक्षक टेकेन्द्रलाई ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए । ढल्केवर बोर्डिङ स्कुलमै बस्दै आएका टेकेन्द्रले सामाजिक विषय अध्यापन गराउँदै आएका थिए ।
दसैँ अघिदेखि नै बिदाको मौकाछोपी मिनी बोडर्समा पढ्दै गरेका ती बालिकालाई शिक्षक टेकेन्द्रले ललाईफकाई तथा धाकधम्की दिँदै पटक पटक जवरजस्ती करणी गर्दै आएको जनाइएको छ । कसैलाई भनेमा मारिदिने धम्की दिँदै आएका कारण पीडित दुवै बालिकाले डरको कारण घटना सार्वजनिक गरेका थिएनन् ।
प्रहरीका अनुसार घटना सार्वजनिक भएपछि पीडित दुवै बालिका र आरोपी शिक्षकको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । टेकेन्द्रमाथि जबरजस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण