एभरेष्ट बैंकले कात्तिक १ गते मनायो रजत जयन्ती
काठमाडौं– एभरेष्ट बैंकले २५औं स्थापना दिवसको अवसरमा आज लाजिम्पाटस्थीत आफ्नो प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरेको छ ।
बैंकले रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको थियो । समारोहमा बोर्ड अफ डिरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो ।
१ हजारभन्दा बढि मानिसहरुको उपस्थीति रहेको उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा, बैंकले स्थापनाकालदेखि नै सेवा पुर्याइरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ । यसबाहेक, सबै प्रदेशमा रहेको बैंकका शाखाहरुमा पनि पुराना ग्राहकहरुलाई सम्मान गर्दै केक काटेर २५ औं वार्षिकोत्सव मनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण