अफताब आमललाई पक्राउ गरिनु काङ्ग्रेसविरुद्ध षड्यन्त्र : सभापति देउवा
काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी सरकारले काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाएका छन् ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मध्यपुरथिमिको बोडेमा शुक्रबार आयोजित दुईदिने प्रशिक्षणको उद्घाटनमा उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको बताएका हुन् ।
काङ्ग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधीलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिए । उनले भन्नुभयो, “कम्युनिस्ट र काङ्ग्रेस फरक हो भनेर कामबाटै देखाउनुपर्छ, काँग्रेसबाट विजयी भएका स्थानीय तहका प्रमुख र उपप्रमुखले अब कम्युनिष्ट सरकारको भन्दा राम्रो काम गरेर देखाउनुपर्छ ।”
जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी प्रभावकारी ढङ्गले काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिँदै उनले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी