पाकिस्तानका यी मानिसले पैसा उठाउन आएका इलेक्ट्रिसियनमाथि घरमा पालेको सिंह छाडिदिए
एजेन्सी । पाकिस्तानमा एक जना व्यक्तिले घरमा आएका इलेक्ट्रिशियनमाथि सिंह छाडिदिएका छन् । इलेक्ट्रिशियन आफूले लिनु पर्ने रकम माग्न ती व्यक्तिको घर गएका थिए ।
एक महिना पहिले भएको यो घटना भर्खरैमात्र बाहिर आएको हो । घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई गिरफ्तार गरेको छ ।
घटना एक महिना अघि भएको भए पनि आरोपी र पीडितबीच एक सहमतिले गर्दा प्रहरीकहाँ उजुरी पुगेको थिएन । तर जब आरोपीले सहमति अनुरुप घाइते भएका इलेक्ट्रिसियनको उपचार खर्च तिर्ने वाचाबाट पछि हटे घटना प्रहरीकहाँ पुग्यो ।
यो घटना पाकिस्तानको पञ्जाब प्रान्तको शहादरा क्षेत्रमा भएको हो । आरोपी व्यक्ति एक धार्मिकस्थलमा ‘केयरटेकर’को काम गर्छन् ।
खबर अनुसार, आरोपीले पिडित इलेक्ट्रिशियनसँग केही काम गराएका थिए । तर काम सकिएपछि पनि पटक पटक भन्दा पनि उनले पैसा दिइरहेका थिएनन् ।
जब पिडित आफ्नो बाँकी रहकम लिन आरोपीकहाँ पुगे तब दुईबीच झगडा भयो । आरोपीले रिसको झोकमा आफ्नो घरमा पालेको सिंहलाई छाडिदिए । सिंहको आक्रमणमा परेर इलेक्ट्रिसियन घाइते भए ।
यो घटनापछि आरोपीले पिडितलाई प्रहरीकहाँ उजुरी नगरे आफूले जरिवाना तिर्ने वाचा गरेका थिए । तर एक महिनापछि पनि पिडितले पैसा नपाएपछि उनी प्रहरीकहाँ पुगे ।
उजुरीपछि प्रहरीले आरोपीलाई मानिसमाथि सिंह छाडेको र उपचार खर्च नतिरेकोमा पक्राउ ग¥यो । तथापि प्रहरीले आरोपीले सिंह पाल्ने लाइसेन्स लिएको वा नलिएकोबारेमा केही बताएको छैन ।
त्यस्तै घटनापछि सिंहको अवस्थाबारेमा पनि केही जानकारी प्राप्त भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण