प्रहरीको गाडीमा तोडफोड गर्ने ७ जना पक्राउ
रौतहट । प्रहरीको गाडी तोडफोड गरेको अभियोगमा ७ युवा पक्राउ परेका छन् ।
ना१झ १३३१ नम्बरको प्रहरीको गाडीमा कटहरिया ६ फतेपुर नजिक युवाहरुले तोडफोड गरेका हुन् ।
गौरबाट थुनुवा पुर्याएर फर्किरहेको प्रहरी गाडीमाथि शुक्रवार अपरान्ह फतेपुरगाँउ छेउमा दर्जनौ मानिसको भिडले एक्कासी ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट गाडीको सिसा फुटेको र केही प्रहरीलाई चोटपटक समेत लागेको छ ।
पक्राउ पर्नेहरुमा कटहरिया ६ फतेपुरका बर्ष ३० का सुवोध कुमार सहनी, सोही ठाँउका बर्ष ३० का रन्जित स हनी, बर्ष ३०का वीरेन्द्र सहनी, बर्ष २६ का उमेश पाश्वान, बर्ष १९ का मुना खाँ र बर्ष १८ का सकिन्द्र यादव रहेको प्रहरीले जनाएको छ ।
पक्राउ भएका सबैजनामाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका निमित्त प्रमुख प्रहरी निरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए ।
शुक्रवार अपरान्ह कटहरिया माविको प्राङ्गणमा मेयरकप क्रिकेट प्रतियोगिताको फाइनल भएको थियो ।
ब्याटिङ गरिरहेका कटहरिया टिमका ब्याटुसमेन संजिव सिंहलाई अम्पाएरले आउट नभएको भन्दा पनि फतेपुरका खेलाडीले जबरजस्ती आउट भएको भन्न थालेपछि दुबैगाँउका खेलाडी र स्थानीयबीच केही समय झडप भएको थियो ।
उक्त झडपलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी गस्ती टोलीले सामान्य लाठीचार्ज गरेको थियो ।
सोही लाठीचार्जको बिषयलाई लिएर आक्रोशित फतेपुरमा केही स्थानीय खेलाडी र युवाले प्रहरीको गाडीमा ढुंगामुढा गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण