एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्त भन्छन् : बाह्र अर्ब लगानी भित्र्याउन काम शुरु गरिसक्यौँ
काठमाडौं-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले समृद्ध नेपाल निर्माणका निम्ति लगानी भित्र्याउन संस्था प्रतिबद्धताका साथ लागि परेको बताएका छन् । उनले एनआरएनएको तर्फबाट रु १२ अर्ब लगानी भित्र्याउने प्रतिबद्धताका साथ काम शुरु गरिएको जानकारी दिए ।
एनआरएन नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाइ दिन रिपोर्टस् क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष पन्तले भने, “हामीले नेपाल सरकारसँग रु १२ अर्ब भित्र्याउने भनेर एमओयु पनि गरिसकेका छाँै, यो प्रतिबद्धता पूरा गर्नका लागि काम शुरु गरिसकेका छौँ ।” उक्त म्युच्युअल फण्डमा ९० प्रतिशत एनआरएनको लगानी रहने र बाँकी १० प्रतिशतमा पाँच प्रतिशत निजी क्षेत्र र अर्को पाँच प्रतिशत नेपाल सरकारको रहने अध्यक्ष पन्तले जानकारी दिए ।
गैरआवासीय नेपालीले विदेशमा हासिल गरेको ज्ञान, सीप, पूँजी र लगानी नेपाल भित्र्याएर देशको विकास र समृद्धिका लागि सामूहिक लगानी बढाइने उनको भनाइ थियो । पछिल्लो समय एनआरएनले नेपालमा सामूहिक लगानीमार्फत २७ मेगावाटको तोर्दी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष मन केसीले दीर्घकालीन योजनासहित काम गर्ने बताउँदै यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयन गरेरै छोड्ने प्रण गरे । उपाध्यक्षद्वय सोनाम लामा र अर्जुनकुमार श्रेष्ठले सरकारले घोषणा गरेबमोजिम नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न सक्रिय भूमिका निर्वाह गर्ने बताए । एनआरएनका महासचिव डा हेमराज शर्माले नवौँ विश्व सम्मेलनमा निर्वाचनको क्रममा उत्पन्न समस्याका कारण सङ्घको छविमा केही प्रश्न उठेको भए पनि त्यसलाई छिटपुट घटनाको रुपमा लिन आग्रह गरे । सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक दाहाल र अमेरिका महिला क्षेत्रीय संयोजक उमा कार्की थापाले श्रमिक मजदूरको पक्षमा लागिपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण