रौतहट हत्याकाण्डः न्याय खोज्दा खोज्दै मारिइन् आमा
बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्या पाउने आशामा छिन् ।
उनले २०६४ चैतयता ३४ महिनाको अन्तरमा दाइ ओसी अख्तर र आमा रुक्साना खातुन गुमाइन् । राजनीतकि शक्तिको दबाबमा १२ वर्षसम्म थन्किएको मुद्दाको अनुसन्धान पुनः सुरु भएपछि दाइको सँगै आमाको हत्याको अन्तर्य पनि खुल्ने विश्सास उनमा बढेको छ ।
सम्धी समसुलले रुक्सानालाई सुरक्षा खतरा हुने भन्दै साँझ परेपछि नहिँड्न भनेका थिए । तर माइती घर पुगी भाइको सबै हालत बुझेर उनी साँझ करिब साढे ५ बजेतिर सम्धिनी साहजहान खातुन र जमिला खातुनसँगै घर फर्कदै थिइन् । साँझ खोला आफ्नै गतिमा बगिरहेको थियो । उखुबारीका पातहरु हावाको सुरमा बजिरहेका थिए । गाउँबाट अलिक परको सुनसान ठाउँमा त्यही बेला उखुबारीबाट नकाब लगाएका केही मान्छे फुत्त निस्किए । उनलाई च्याप्प समाते र बन्दुकको कुन्दाले टाउकोमा हाने । एकैछिनमा तिनीहरुले उनको टाउकोमा गोली प्रहार गरे ।यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र शिव पुरीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण