आफू बिरामी भएको समाचार आएपछि अमिताभले भने, ‘यो शोषण हो, संसारमा सबै कुरा बेच्नको लागि होइन’
अमिताभ बच्चनले आफ्नो बिरामीको विषयमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सञ्चार माध्यमहरुमा आएको समाचारको विषयमा आफ्नो धारणा व्यक्त गर्दै बिरामी हुनु र उपचार गर्नु व्यक्तिगत अधिकार भएको बताएका हुन् ।
उनले यस्तो विषयमा सञ्चारमाध्यमले व्यक्तिगत रुपमा शोषण गरेको आरोप समेत लगाएका छन् । उनले अस्पतालमा भर्ना भएको समाचारलाई शोषण र सामाजिक रुपमा अवैध भएको समेत उल्लेख गरेका छन् ।
अमिताभले लेखेका छन्, ‘कृपया, पेसागत नियम कानुनलाई नतोड्नुहोस् । बिरामी हुनु र उपचार गर्नु गोपनीयताको हक हो । यस्ता कुरालाई कारोबारको रुपमा प्रयोग गर्नु सामाजिक रुपमा गलत हो । सम्मान गर्नुस् र कुरालाई सम्झिनुस् । दुनियाँमा सबैकुरा बेच्नको लागि होइन ।’
उनले उनको शिघ्र स्वास्थ लाभको कामना गर्ने सबैलाई आभार व्यक्त गरेका छन् ।
केहीसमय अगाडि सञ्चार माध्यमहरुमा अमिताभ बच्चन अस्पताल भर्ना भएको दाबी गर्दै समाचारहरु बाहिरिएको थियो । उनले आफ्नो ब्लगमा उक्त समाचारको खण्डन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण