मस्तिष्कघात (स्ट्रोक) व्यवस्थापनका लागि नेपाल मेडिसिटीको पहल
काठमाडौं– नेपाल मेडिसिटी अस्पतालले मस्तिष्कघात (स्ट्रोक) व्यवस्थापनका लागि १ सय भन्दा बढि चिकित्सकहरुसँग धुलिखेलमा बृहद् छलफल गरेको छ ।
नेपाल मेडिसिटी अस्पतालले आयोजना गरेको ‘एक्युट स्ट्रोक केयर‘ विषयक अन्तत्र्रिmया कार्यक्रममा कार्तिक १ गते उक्त छलफल गरेको हो ।
मस्तिष्कघात भएका विरामीहरुको उपचारमा चिकित्सकहरुको समन्वयको अत्यन्त आवश्यक पर्ने र गोल्डेन समय भित्रमा उसको उपचार एवं ब्यवस्थापन हुन सकेको खण्डमा विरामीहरुलाई धेरै क्षति हुनबाट जोगाउन सकिने भएकोले यस प्रकारको छलफल एवं अन्तरकृया आवश्यक भएको नेपाल मेडिसिटीको न्यूरोसाइन्स विभागका प्रमुख वरिष्ठ न्यूरोसर्जन डा. गोपाल रमण शर्माले बताए ।
कार्यक्रमका बक्ता एवं सहभागीहरुले उक्त कार्यक्रममा सहभागी हुुदा नेपाल मेडिकल काउन्सिलले क्रमश १.८ र १.६ के्रडिट आवर प्राप्त गर्ने भएका छन् ।
आकस्मिक उपचार आवश्यक पर्ने मस्तिष्कघात (स्ट्रोक) देखा परेपछि कति समयभित्र अस्पताल पुु¥याउने, कहाँ पुु¥याउने र के–कस्ता विषयमा ध्यान दिने लगायतका विषयलाई जनमानस सम्म पुु¥याउन आवश्यक रहेको नेपाल मेडिसिटी अस्पतालका प्रमुुख न्युरोलोजिष्ट डा.बाबुराम पोखरेलले बताए ।
कोर्सका निर्देशक समेत रहेका डा.पोखरेलले तीव्र किसिमको स्ट्रोकको व्यवस्थापनको विषयमा जानकारी गराए ।
उक्त कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. सञ्जय कार्की, रेडियोलोजी विभाग प्रमुख डा. राम कुमार घिमिरे, आइसियु प्रमुुख डा. दिप्तेश अर्याल, न्यूरो रजिस्ट्रार डा. प्रभाव उपाध्याय, भिजिटिङ न्यूूरो सर्जन डा.मनोज बोहोराले आफ्नो विषयलाई प्रस्तुत गर्नभएको थियो ।
काठमाडौं विश्वविद्यालयका मेडिकल साइन्स विद्यालयका डिन प्रा.डा.राजेन्द्र कोजु प्रमुुख सहभागि कार्यक्रममा न्यूरो चिकित्सकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण