क्यानको भावी योजना बनाउन विभिन्न समिति गठन
आइतबार, ०३ कात्तिक २०७६, १८ : ३७
काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउन विभिन्न समितिहरु गठन गरेको छ । क्यान केन्द्रीय कार्य समितिको आईतबार काठमाडौंको मूलपानीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले क्यानको भावी योजनाहरु तय गर्न प्रतियोगिता समिति, प्राविधिक समिति, मिडिया समिति र आर्थिक समिति पनि गठन गरेको हो ।
प्राविधिक समितिमा सञ्जयराज सिंह, आर्थिक समितिमा रोशनबहादुर सिंह, प्रतियोगिता समितिमा प्रशान्त मल्ल र सञ्चार समितिमा अशोकनाथ प्याकुरेललाई संयोजक तोकिएको छ । क्यानमा भावी योजना तय गर्न ती समितिहरुलाई जिम्मेवारी पनि दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।
बैठकले कप्तान पारस खड्काले दिएको राजीनामाको विषयमा भने कुनै निर्णय गरेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण