लुकाकु र लौटारोको दुई गोल
सोमबार, ०४ कात्तिक २०७६, ०९ : ४८
रोमेलु लुकाकु र लौटारो मार्टिनेजको दुई दुई गोल सहयोगमा इन्टर मिलानले इटालियन सिरि ‘ए’ फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इन्टरले ससौलोलाई उसैको मैदानमा ४–३ गोलले हरायो । इन्टरको जितमा लुकाकुले ३८औं र ४५औं तथा लौटारोले खेल सुरु भएको दोस्रो र ७१औं मिनेटमा गोल गरेका थिए ।
ससौलोका लागि डोमेनिको बेरार्डीले १६औं, फिलिप ज्युरिसिक ७४औं र जेरेमी बोगले ८१औं मिनेटमा गोल गरेका थिए । जितसँगै दोस्रो स्थानमा रहेको इन्टरले आठ खेलबाट २१ अंक बनाएको छ । ६ अंक बनाएको ससौलो १६औं स्थानमा छ । शीर्ष स्थानमा रहेको युभेन्ट्सको २२ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण