जुवा खेलिरहेका १८ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले राति १ः३० बजेको समयमा देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ती जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।
जुवा खेलिरहेका उनीहरुको साथबाट प्रहरीले रु एक लाख ४२ हजार ९४० समेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए ।
चाडपर्वको समयमा जुवातास खेल्ने क्रम धेरै भएपछि प्रहरीले जुवातास रोक्नलाई जोड दिएको छ ।
प्रहरीले चाडपर्व शुरु भएलगतै जुवाताल खेलाउने स्थानको विशेष निगरानी राख्दै आएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए ।
जुवातासका कारण सामाजिक समस्या निम्तिने हुँदा आफूहरुले यसको नियन्त्रण गर्न लागिपरेको उनले बताए ।
प्रहरीले पछिल्ला दिनमा नवलपुरका विभिन्न स्थानबाट जुवातास खेल्नेलाई धमाधम पक्राउ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण