अफगानिस्तानमा युद्धविरामका लागि इयुको आह्वान
काबुल– युरोपेली संघ (इयु) का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रुपमा काबुलको भ्रमण गरेलगत्तै इयुले युद्धविरामको आह्वान गरेको हो ।
इयुका अधिकारीहरुले अफगानिस्तानलाई युद्धविराम गर्न आइतबार आह्वान गरेको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना तालिबान विद्रोहीहरूसँगको शान्ति वार्ताको प्रसङ्ग मृतप्रायः भएको आरोप लगाएका थिए ।
तालिबान र अमेरिकाबीच शान्ति वार्ता सम्झौताको अन्तिम अवस्थामा तालिबानको हमलामा परी एक अमेरिकी सैनिक मारिएपछि ट्रम्पले तालिबानसँगको वार्ता स्थगित गरेका थिए ।
त्यसलगत्तै तालिबानप्रति निकै आक्रोशित भएका उनले तालिबान लडाकूहरुसँगको वार्ता मृतप्रायः भएको बताएका थिए । अफगानिस्तानमा १८ वर्षसम्म रहेका अमेरिकी सेना फर्काउने सम्झौताको अन्तिम चरणको तयारी भइरहेको अवस्थामा ट्रम्पले तालिबानसँग वार्ता नहुने घोषणा गरेका थिए ।
यस युद्धविरामबाट तालिबान र अफगान सरकारबीच जारी रहेको हिंसा घटाउन र यदि यसो हुन सक्यो भने त्यसको केही समयपछि शान्ति वार्ता गर्नका लागि पनि मार्गप्रशस्त गर्ने अफगान र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले बताएका छन् ।
अफगानिस्तानका लागि इयूका विशेष दूत रोलान्ड कोबियाले वार्ताले युद्धविरामको लागि अवसर प्रदान गर्ने र अफगानिस्तानमा ठूलो परिवर्तन ल्याउने बताए । उनले यसले वार्तालाई पुनः सुरु गर्ने बारे छलफल गर्ने पनि बताउनुभएको समाचारमा जनाइएको छ ।
‘युद्धविरामका लागि यो उचित र सही क्षण हो । हालका दिनमा अफगानिस्तानमा जारी रहेको हिंसामा सामान्य कटौती मात्र नभएर त्यसको तुलनामा एक कदम अगाडि नै जान सकिने अवस्था र अवसर हो’ उनले भनेका छन् ।
कोबियाले काबुलका पत्रकारहरूसमक्ष भनेका छन्– यो युद्धविरामका लागि एउटा अवसर हो र अहिले युद्धविराम हुने अवस्थाको खोजी गरिनुपर्छ र यसलाई अफगानिस्तान सरकार र तालिबानहरुले पनि उचित अवसरका रुपमा लिन सक्नुपर्छ ।
यसैबीच अफगानिस्तानमा हिंसा भने निरन्तर रुपमा नै जारी रहेका समाचारहरु आइरहेका छन् । गत शुक्रवार मात्र पनि यहाँको एक प्रान्त नन्गाहारमा अवस्थित एक मस्जिदमा बम विष्फोट हुँदा कम्तीमा पनि ७० जनाको ज्यान गएको थियो ।
त्यस यता पनि छिटपुट रुपमा हमलाका घटनाहरु हुने गरेका छन् । अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरुले विशेषगरी यहाँका सुरक्षाकर्मी र सर्वसाधारणलाई पनि तारो बनाउने गरेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण