प्रदेश २ को लोकसेवा आयोगमा राजनीतिक भागवण्डा, बल्ल पायो पूर्णता
जनकपुर । प्रदेश नम्बर २ को लोकसेवा आयोगले पूर्णता पाएको छ ।
प्रदेश सरकारमा सहभागी दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भागवण्डाका आधारमा प्रदेश लोकसेवा आयोगलाई पूर्णता दिइएको हो । आयोगको अध्यक्षसहित एक सदस्य समाजवादी पार्टीले पाएको छ भने एक सदस्य सत्तासाझेदार दल राजपा नेपालले पाएको छ ।
करिब एक महिना अघि सुरेन्द्र यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गरिएको थियो । उनी समाजवादी पार्टीको कोटामा परेका हुन् ।
यस्तै, सदस्यमा महारुद्र झा र डा. सुजाता देव नियुक्त भएका छन् । उनीहरुमध्ये झा समाजवादीको कोटामा नियुक्त भएका हुन् भने देव राजपा नेपालको कोटामा परेकी हुन् ।
नवनियुक्त सदस्यद्वयले सोमबार सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले दुवै सदस्यलाई सपथ ग्रहण गराए ।
प्रदेश २ को लोकसेवा आयोगले पूर्णता पाएपछि अब प्रदेश सरकारलाई कर्मचारी भर्ना सम्बन्धी विज्ञापन निकाल्ने बाटो खुला भएको छ ।
प्रदेश २ मा समाजवादी पार्टी र राजपा नेपालको संयुक्त सरकार छ । सरकारको नेतृत्व भने समाजवादी पार्टीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण