स्वीमिङपुलमा डुबेर बालकको मृत्यु
चितवन-चितवनको एक होटलको स्वीमिङ पुलमा डुबेर आज तीन वर्षीय बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– ४ मा रहेको होटल रेन्टफरेष्टको स्वीमिङ पुलमा डुबेर नुवाकोटको विदुर नगरपालिका– ५ देविघाटका बालक प्रयास श्रेष्ठको मृत्यु भएको हो ।
उनका बुबाआमा घुम्नका लागि चितवन आएका समयमा सो होटलको स्वीमिङ पुलमा पौडी खेलेका थिए । सो क्रममा स्वीमिङ पुल नजिकै रहेका बालक डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
अस्पताल तोडफोडमा संलग्न ११ विरुद्ध मुद्दा दर्ता
चितवन मेडिकल कलेज तोडफोडमा संलग्न रहेको आरोपमा आइतबार पक्राउ परेका ११ विरुद्ध आज मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका १२ मध्ये ११ लाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको हो ।
एकजना बिरामी रहेकाले तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपिएको बताए । म्याद थपसँगै अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।
आइतबार चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको थियो । सो क्रममा प्रहरीले अश्रुग्यास र लाठीचार्जसमेत गरेको थियो । सो क्रममा छ प्रहरी घाइते भएका थिए । पूर्वी नवलपरासीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा शनिबार मृत्यु भएको थियो । अस्पतालको लापरवाहीका कारण ज्यान गएको पारिवारले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा माओवादीले मन्त्री दिन सकेन, भागबण्डामा अझै किचलो
-
मदिरा सेवन गरेर आफ्नै घरमा आगो लगाउने सिंह पक्राउ
-
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
-
राजनीतिक नेतृत्वले राज्यप्रति जनविश्वास बढ्ने काम गर्नुपर्छ : सांसद गुरुङ
-
राजधानीमा ‘खजुरे ब्रो’ प्रिमिएर
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)