चोटले सतायो नेइमारलाई, फिजियो रुममै अड्किए
विश्व फुटबलमा पछिल्लो पटक चोटले सर्बाधिक सताईएका खेलाडी हुन्, नेइमार । त्यसैले त यी ब्राजिलियन सुपरस्टार पछिल्लो समय मैदानमा भन्दा फिजियो र चिकित्सकको रुपमा बढी घुलमिल हुन थालेका छन् ।
पटक पटक चोट बोक्दै आएका नेइमारलाई अहिले बयान गर्ने अर्को शब्द ‘घाइते नेइमार’ बनेको छ । उनी सँधै चोटको खतरामा देखिन्छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का २७ बर्षीय नेइमार खेलमा पुनरागमन गर्नासाथ फेरि घाइते भएका छन् । चोटकै कारण नेइमार फेरि एक महिना मैदान बाहिर रहने निश्चित भएको छ ।
अघिल्लो साता ब्राजिल र नाइजेरियाबीचको मैत्रिपूर्ण खेल खेल्ने क्रममा नेइमार घाइते भएका थिए । घुँडामा चोट बोकेका नेइमारले खेल सुरुभएको केही मिनेटमै मैदान छाडेका थिए । पछिल्लो ढेड बर्ष मैदानभित्र र मैदानबाहिर नै निकै कठिन समय बिताएका नेइमार यसपटक बालोन डी’ओरको मनोनयनका समेत अटाएका छैनन् । उनी झन्डै एक दशकको अन्तरालमा मनोनयन सुचीबाट बाहिरिएका हुन् ।
सन् २०१७ मा बार्सिलोनाबाट दुई सय २२ मिलियन युरोमा पीएसजी पुगेका नेइमारले चोटकै कारण आफूलाई अब्बल फुटबलरका रुपमा स्थापित गर्न संघर्ष गरिरहनु परेको छ । नेइमारले चोटकै कारण पीएसजीमा मात्र ५३ खेल गुमाई सकेका छन् । उनले बार्सिलोनामा छँदा चार वर्षमा २९ खेल गुमाएका थिए ।
सन् २०१३ मा सान्तोस छाडेपछि अहिलेसम्मको सबै समय हिसाव गर्दा नेइमारले चार सय ६९ दिन चोटकै कारण उपचारमा बिताए । नेइमारको चोटकै कारण सन् २०१७–१८ को च्याम्पियन्स लिगको नकटआउट चरणको पहिलो लेगमा पीएसजीले रियल म्याड्रिडसँग ३–१ गोलको हार खेपेको थियो । त्यतिबेला समूह चरणमा ६ गोल गरेका नेइमार खेल्न नसक्नु पीएसजीका लागि थप पिडा बनेको थियो । नेइमारका लागि सन् २०१८–१९ को सिजनमा पनि पुरानै कथा दोहोरियो । नेइमारले समूह चरणमा पाँच गोल गरेपनि नकआउट चरणका दुबै खेल गुमाए । जसका कारण पीएसजीले म्यानचेस्टर युनाइटेडसँग हार खेप्यो ।
पीएसजीले विशेषगरी च्याम्पियन्स लिग जित्ने अभिप्रायले नेइमारलाई क्लबमा भित्र्याएको थियो । नेइमारको लगातार चोटका कारण पीएसजीको त्यो सपना पूरा हुन सकेको छैन । यस सिजनपनि पीएसजीलाई नेइमारको घाइतेसँगै विविध समस्याले पिरोलेको छ । च्याम्पियन्स लिगको समूह चरणको दुवै खेलमा नेइमार थिएनन् । यद्यपी स्टार खेलाडीविनै पीएसजीले जित भने निकालेको थियो । नेइमार खेल्नु पर्ने समयमा घाइते हुने र फेरि उनले बारम्बार क्लब छाड्ने बताउने गरेकाले पनि पीएसजी आजित बनेको छ । घाइते भएपनि नेइमारले पीएसजी छाड्ने चर्चा अझै सेलाएको छैन । नेइमारको घाइते समस्याले ब्राजिललाई पनि अफ्ठेरो बनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण