नेपाल–बंगलादेश व्यापारसम्बन्धी प्राविधिक समितिको बैठक सुरु
काठमाडौं । नेपाल र बंगलादेशबीच सहुलियतपूर्ण व्यापारसम्बन्धी प्राविधिक समितिको बैठक मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ ।
बैठकमा दुई देशबीचको व्यापारिक सम्भावनका विषयमा छलफल हुनेछ । विशेष गरेर क्षेत्रीय उडान, ऊर्जा, जलमार्ग, कृषि उत्पादनको निकासी, खाद्य सुरक्षा, नेपाली धागो निकासी तथा दुवै देशका उपभोग्य वस्तुको आयात निर्यातबारे छलफल गरिने बताइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बैठकले दुई देशबीचको व्यापार विस्तारका सम्बन्धमा ठोस निर्णय हुने बताए ।
बंगलादेश वाणिज्य मन्त्रालयकी सह सचिव सरिफा खानले दुई देशबीचको व्यापार प्रवर्द्धनका सम्बन्धमा यसअघि पनि छलफल भइसकेकाले बैठकले त्यसबारे महत्वपूर्ण निर्णय गर्नेमा आफू आशावादी रहेको बताइन् ।
प्राविधिक समितिको बैठकले गरेका निर्णयहरु दुवै देशको सचिवस्तरीय निर्देशक समितिले अनुमोदन गरेपछि कार्यान्वयनमा जाने छ ।
बैठकमा नेपालका तर्फबाट १५ र बंगलादेशका तर्फबाट ७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छन् । बैठक बुधबार सम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण