‘तानाजी द अनसंग ओरियर’मा अजयको डरलाग्दो लुक
मुम्बई । अजय देवगन र सैफअली खान एकपटक फेरि एकसाथ पर्दामा देखिँदैछन् । फिल्म ‘तानाजी द अनसंग ओरियर’मा यी दुबै एकसाथ देखिने भएका हुन् ।
फिल्मको फस्टलुक पोस्टर अहिले सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोस्टरमा अजयदेवगन निकै डरलाग्दो लुक्समा देखिएका छन् ।
अभिनेता अजय देवगनले फिल्मको फस्टलुक आफ्नो इन्स्टाग्रामबाट पनि शेयर गरेका छन् । फस्टलुकमा अजय मराठा योद्धाको रुपमा देखिएका छन् । जसलाई दर्शकले निकै मन पराएका छन् । सामाजिक संजालमा उनको पोस्टर भाइरल भइरहेको छ । बलिउडका स्टारले समेत पोस्टरको तारिफ गरेका छन् ।
सार्वजनिक पोष्टरमा सैफअली खानको लुक पनि बाहिरिएको छ । ओम राउतको निर्देशन रहेको फिल्ममा अजयको अलवा काजोल र सैफअली खान पनि मुख्य भूमिकामा छन् ।
फिल्ममा अजयदेवगन मराठा ओरियर तानाजी मालुसरेको भूमिकामा छन् । सैफको भूमिका राजपुत लडाकु जयसिंह राठौरको रहेको छ । फिल्म योद्धाहरु बीच भएको लडाईँमा आधारित छ ।
अजयदेवगन फिल्मस् र टी सिरिज प्रोडक्सनको निर्माण रहेको फिल्मको रिलिज मिति १० जनवरी २०२० का लागि तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण