‘तानाजी द अनसंग ओरियर’मा अजयको डरलाग्दो लुक
मुम्बई । अजय देवगन र सैफअली खान एकपटक फेरि एकसाथ पर्दामा देखिँदैछन् । फिल्म ‘तानाजी द अनसंग ओरियर’मा यी दुबै एकसाथ देखिने भएका हुन् ।
फिल्मको फस्टलुक पोस्टर अहिले सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोस्टरमा अजयदेवगन निकै डरलाग्दो लुक्समा देखिएका छन् ।
अभिनेता अजय देवगनले फिल्मको फस्टलुक आफ्नो इन्स्टाग्रामबाट पनि शेयर गरेका छन् । फस्टलुकमा अजय मराठा योद्धाको रुपमा देखिएका छन् । जसलाई दर्शकले निकै मन पराएका छन् । सामाजिक संजालमा उनको पोस्टर भाइरल भइरहेको छ । बलिउडका स्टारले समेत पोस्टरको तारिफ गरेका छन् ।
सार्वजनिक पोष्टरमा सैफअली खानको लुक पनि बाहिरिएको छ । ओम राउतको निर्देशन रहेको फिल्ममा अजयको अलवा काजोल र सैफअली खान पनि मुख्य भूमिकामा छन् ।
फिल्ममा अजयदेवगन मराठा ओरियर तानाजी मालुसरेको भूमिकामा छन् । सैफको भूमिका राजपुत लडाकु जयसिंह राठौरको रहेको छ । फिल्म योद्धाहरु बीच भएको लडाईँमा आधारित छ ।
अजयदेवगन फिल्मस् र टी सिरिज प्रोडक्सनको निर्माण रहेको फिल्मको रिलिज मिति १० जनवरी २०२० का लागि तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो
-
एकता गर्न ठिक्क परेको मोहन वैद्यको पार्टी फुट्यो
-
कर्णालीका मुख्यमन्त्रीलाई कांग्रेसको प्रश्न : अहिलेसम्म सरकार गठन किन नगरेको ?
-
जिफन्टले भन्यो– श्रमिकमाथिको शोषण झन् बढ्यो
-
संविधान संशोधन गर्ने बेला भयो : रमेश लेखक
-
बब्लु पासवान : लाल मोहम्मदको सर्भेलेन्स गराए, भारतबाट सुटर पठाए