नेपालको संविधान अब सबैको हातहातमा, पकेट संविधान प्रकाशित
नेपालको संविधान, २०७२ लाई आम नेपालीको हातहातमा पुर्याउन सरकारले पहिलो पटक सानो साइजमा ‘पकेट संविधान’ प्रकाशित गरेको छ। सर्वोच्च अदालत, विभिन्न मन्त्रालय र सरोकारवालालगायत अधिकांश निकायले पकेट संविधान प्रकाशित गर्न आग्रह गरेपछि कानुन किताब व्यवस्था विभागले पकेट संविधान प्रकाशित गरेको हो।
यसअघि संविधान जारी भएलगत्तै विभागले निःशुल्क वितरण गर्ने गरी २० हजार प्रति प्रकाशित गरेको थियो।‘पकेटमा बोक्न मिल्ने गरी सानो आकारमा पकेट संविधान प्रकाशित गरेका हौं।’ –विभागका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले भने । विभागले दुई हजार प्रति छपाइ गरेको छ।
संविधान जारी भएलगत्तै सरकारले देशको संविधान सबै नेपालीको हात–हातमा पुर्याउने घोषणा गरेको थियो। सोहीअनुसार पकेट संविधान प्रकाशित गरेको विभागको भनाइ छ। पकेट संविधान प्रकाशित गरेपछि सो संविधान खरिद गर्ने ग्राहकको संख्या ह्वात्तै बढेको बताइएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण