बालुवाटारमा दुई दलको छलफल ‘सकारात्मक’ : तर, सत्य निरुपण तथा वेपत्ता आयोगमा अझै जुटेन सहमति
काठमाडौँ– केही समययता सत्तापक्ष र प्रतिपक्षबीच टाढिएको सम्बन्धलाई साँघुरो बनाउँदै लैजान दुवै दल सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलबीचको अनौपचारिक छलफलमा मुलुकका प्रमुख मुद्दामा सत्तापक्ष प्रतिपक्षको सुझाव र सहयोग लिएरै अघि बढ्न तयार भएको हो ।
बुधबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको उपस्थितिमा नेपाली काँग्रेससँग भएको छलफलमा यस्तो सहमति भएको नेकपा स्थायी समितिका सदस्य सुवास चन्द्र नेम्वाङले जानकारी दिए । उनका अनुसार आगामी दिनमा छलफललाई निरन्तरता दिन समेत दुवै दल सहमत भएका छन् ।
‘दुई दलबीचको छलफल र सम्वादलाई निरन्तरता दिने विषयमा कुुराकानी भयो । त्यस्तै प्रमुख मुद्दाहरुमा सबै मिलेर जाने विषयमा पनि सामान्य छलफल भयो,’ बैठकपछि नेता नेम्वाङले रातोपाटीलाई बताए । उनका अनुसार संवैधानिक परिषद्को बैठक, सभामुख चयन सत्य निरुपण तथा वेपत्ता आयोग लगायतका विषयमा बुधबार सामान्य छलफल भएको र अर्को बैठकमार्फत् ठोस निर्णयमा पुग्न दुवै दलका नेताले सहमति जनाएका छन् ।
छलफलमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए भने काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा नेताहरु रमेश लेखक र डा. मिनेन्द्र रिजाल सहभागी थिए । काँग्रेस नेता रिजालले समसामयीक विषयमा कुराकानी भएको जानकारी दिए । ‘त्यस्तो समाचार बन्ने कुनै छलफल भएन । सामान्य हाइहेलो मात्र भयो,’ नेता रिजालले भने ।
गत सोमबार पनि दुई दलका शीर्ष नेताबीच छलफल भएको थियो । सो छलफलमा शान्ति प्रकृयाका बाँकी काम टुङ्गोमा पुर्याउन ल्याएको विधेयकबारे छलफल भएको थियो । सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी विधेयक ल्याएपनि आयोगले पूर्णता पाउन सकेको छैन । प्रमुख राजनीतिक दलहरुबीच आयोगलाई पुर्णता दिनेबारे पटक पटक छलफल भएपनि सहमति जुट्न सकेको छैन । यसअघि दलहरुले सत्यनिरुपण आयोगको अध्यक्षमा रमण श्रेष्ठलाई सिफारिस गरेपनि उनले अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण